"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ।

आयोगका अनुसार भोलि बिहान साढे ११ बजे १ सय १० जना समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिनेछ।

निर्वाचन आयोगले दिएको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी बाट ५७ जना, नेपाली कांग्रेस बाट २० जना, नेकपा (एमाले) बाट १६ जना, नेपाल कम्युनिष्ट पार्टी बाट ९ जना तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट ४–४ जना सांसद निर्वाचित भएका छन्।

यसरी ६ वटा दलबाट कुल ११० जना समानुपातिक सांसद निर्वाचित भएका छन्।

नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण कार्यक्रम भने चैत १२ गतेका लागि तय गरिएको छ। संसद सचिवालयले उक्त दिन सपथ गराउने तयारी गरेको जनाएको छ।

२०८२ चैत ४ गते बुधवार १७:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु