यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ
काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूले सेवाग्राहीलाई हैरानी तथा दु:ख दिने काम गर्दै आएको जनाएको छ।
फास्ट ट्र्याकमा काम गरिदिने भन्दै रकम असुल्ने गरेको गुनासो आएपछि प्रहरीले विशेष अपरेशन सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई हाल प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको गौतम मिश्रले जानकारी दिएका छन्।
२०८२ चैत १६ गते सोमवार १७:४५ बजे प्रकाशित






















