"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाहालविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन्। उनले ९३ हजार ८५० रुपैयाँ घुस लिएको अख्यितारको दाबी छ।

विभिन्न सप्लार्स कम्पनी, ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुसवापत रकम लिएको सूचनाका आधारमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो। अख्तियारले एक लाख २० हजार ८५० रुपैयाँसहित उनलाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धान गर्दा ९३ हजार ८५० रुपैयाँ घुस लिएको पाइएको अख्तियारको दाबी छ। अख्तियारले दायर गरेको आरोपत्रमा त्यही बराबरको बिगो कायम गरी कारबाहीको माग दाबी गरेको छ।

२०८२ चैत २५ गते बुधवार २१:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु