"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग सेयर कारोबारमा मुछिएको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन्।

गुरुङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। प्रधानमन्त्री शाहले नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए र सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए।

कार्यकालको सुरुवाती चरणमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने विभिन्न आरोपका कारण आलोचनाको केन्द्रमा परेका थिए।

उच्च स्रोतका अनुसार, रवि लामिछाने सँगको छलफलपछि गुरुङले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

२०८३ वैशाख ९ गते बुधवार १७:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु