विपिन जोशीका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेल ले जानकारी दिए।
२०८३ वैशाख ११ गते शुक्रवार १७:५२ बजे प्रकाशित






















