"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालत का न्यायाधीश तिलकबहादुर कार्की को इजलासले आज उक्त म्याद थपको आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३० दिनको म्याद माग गर्दै दुवै जनालाई अदालतमा उपस्थित गराएको थियो। तर, अदालतले भने ७ दिनको मात्रै म्याद स्वीकृत गरेको छ।

यसअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो।

त्यसपछि चैत २२ गते शंकर ग्रुपका सञ्चालक अग्रवाल पनि पक्राउ परेका थिए। विभागका अनुसार दुवै जनामाथि एउटै कसुरमा अनुसन्धान भइरहेको छ।

२०८३ वैशाख ९ गते बुधवार १७:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु