"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रास्वपाले भन्यो : अध्यादेश आम नागरिकका तत्कालीन समस्या समाधान गर्न ल्याइएको हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएका अध्यादेशहरू आम नागरिकले तत्काल समाधान चाहेका कामलाई छिटो अघि बढाउन लक्षित रहेको स्पष्ट पारेको छ।

सिंहदरबारमा पार्टी सभापति रवि लामिछानेसहित सांसदहरूको भएको अनौपचारिक छलफलपछि महामन्त्री तथा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले सो जानकारी दिएका हुन्।

उनका अनुसार सरकारले ल्याएका अध्यादेश कुनै व्यक्ति वा राजनीतिक दललाई लाभ पुग्ने उद्देश्यका लागि नभई जनताका दैनिक समस्या समाधान गर्न प्रक्रियालाई छरितो बनाउन केन्द्रित छन्।

बुर्लाकोटीले कानुनी प्रक्रियामा धेरै समय लाग्ने समस्या उल्लेख गर्दै सामान्य काम पनि महिनौँसम्म अड्किने अवस्था रहेको बताए। उनले उदाहरण दिँदै भने, “सडकबीचको रुख काट्नुपर्ने जस्तो सामान्य काम पनि कानुनी प्रक्रिया पूरा गर्न ५–६ महिना लाग्ने अवस्था छ। यस्ता काम छिटो गर्नुपर्ने भएकाले अध्यादेश आवश्यक परेको हो।”

रास्वपाले झन्झटिला प्रशासनिक प्रक्रिया घटाएर जनतालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले अध्यादेश ल्याइएको निष्कर्ष निकालेको जनाएको छ।

२०८३ वैशाख १६ गते बुधवार १७:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु