"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्तरण गर्ने व्यवस्था गरिएको छ।

ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनलाई अस्थायी बसोबास स्थलका रूपमा तयारी गरिएको छ।

स्थानान्तरणअघि प्रभावित सुकुमवासीहरूको विवरण संकलनका लागि दशरथ रंगशालामा दर्ता प्रक्रिया सञ्चालन भइरहेको छ। हालसम्म ७२ जनाले स्वेच्छिक रूपमा पुगेर आफ्नो विवरण दर्ता गराएका छन्।

दर्ता तथा व्यवस्थापन कार्य सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले गरिरहेको छ।

२०८३ वैशाख १८ गते शुक्रवार १७:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु