"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारले भारतसँग जिटुजीमार्फत ८० हजार टन रासायनिक मल खरिद गर्ने

काठमाडौँ । सरकारले भारत सरकारसँग (जिटुजी) माध्यमबाट रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६० हजार टन युरिया र २० हजार टन डीएपी मल जिटुजीमार्फत खरिद गर्नका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार उक्त निर्णयअनुसार मल खरिद प्रक्रिया अघि बढाइनेछ।

हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ग्लोबल टेन्डर प्रणालीबाट मल खरिद हुँदै आएको छ। तर, टेन्डर प्रक्रियामा ढिलाइ हुँदा समयमा मल आपूर्ति हुन नसक्ने समस्या देखिँदै आएको सरकारले जनाएको छ।

२०८३ वैशाख २१ गते सोमवार १७:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु