"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्।

राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उक्त अध्यादेश पुनर्विचार गर्न आवश्यक देखिएकाले फिर्ता पठाइएको हो।

यसअघि सरकारले उक्त अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेश गरेको थियो। तर राष्ट्रपतिले त्यसमा थप अध्ययन र पुनर्विचार आवश्यक रहेको ठहर गर्दै सरकारलाई नै फिर्ता पठाएका हुन्।

यस कदमसँगै अब सरकारले उक्त अध्यादेशमा आवश्यक संशोधन वा स्पष्टता गरेर पुन: पेश गर्नुपर्ने अवस्था बनेको छ।

२०८३ वैशाख २० गते आइतवार १७:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु