"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भ्रष्टाचार अन्त्य गर्नेगरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पहिलो वर्ष सुशासनको वर्षको रुपमा काम गर्ने बताउनुभएको छ । बेतिथी हटाउने, भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार लागिपरेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको आइतबार जवाफ दिनुहुँदै प्रधानमन्त्री शाहले सो कुरा बताउनुभएको हो । उहाँले सुशासनका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो । भ्रष्टाचारको जालो सदियौंदेखिको जेलिएर बसेकाले त्यसको अन्त्य गर्न समय लाग्ने भए पनि त्यसको न्यूनीकरणमा सरकारले काम गरिरहेको बताउनुभयो ।

बैठकमा दलीय रुपमा सांसदहरुले प्रधानमन्त्रीलाई सवाल उठाउनुभएको थियो । प्रधानमन्त्री शाह आज बैठकमा आकस्मिक रुपमा आउनुभयो र सांसदहरुको सवालको जवाफ दिनुभएको सभामुख डोलप्रसाद अर्यालले बैठकमा जानकारी दिनुभएको थियो ।

२०८३ जेठ १७ गते आइतवार १७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु