"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आज सोमबार सवा १ बजेका लागि १५ मिनेट स्थगित गरिएको बैठक त्यसपछि विशेष कारण देखाउँदै सूचना टाँस गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

सचिवालयद्वारा जारी सूचनामा प्रतिनिधिसभा नियमावली ०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले बैठक भोलि दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको उल्लेख छ।

प्रधानमन्त्री बालेन शाहले केही दिनअघि संसद्‌बाटै नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षीहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।

विपक्षी दलहरूले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति संसद्‌मै आएर सच्याउनुपर्ने माग गर्दै निरन्तर अवरोध जारी राखेका छन्।

२०८३ जेठ २५ गते सोमवार १७:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु