बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो
बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको ब ३ ख ८३९८ नम्बरको यात्रुवहाक बस शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टले जानकारी दिए। उनका अनुसार दुर्घटनाका १५ जना घाइतेको धुलिखेल अस्पतालमा उपचार भइराखेको छ ।
२०८३ जेठ २९ गते शुक्रवार १७:२३ बजे प्रकाशित























