"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछि विकसित पछिल्लो परिस्थितिलाई सम्बोधन गर्न प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

सम्बोधनको तयारी भइरहेको जनाइएको छ। प्रधानमन्त्रीले देशको वर्तमान शान्ति–सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम राख्नुपर्ने आवश्यकता तथा सरकारको आगामी कदमबारे धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

सुनसरी घटनापछि देशका विभिन्न स्थानमा तनाव बढिरहेको बेला प्रधानमन्त्रीको सम्बोधनलाई चासोका साथ हेरिएको छ।

२०८३ साउन १४ गते बिहीवार १७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु