"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

जनकपुरधाम । सिरहाको गोलबजारमा जारी तनावका बीच गोली लागेर एकजनाको मृत्यु भएको छ।

कर्फ्यु आदेश लागू रहेकै बेला दुई पक्षबीचको झडप थप चर्किएपछि क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोली लागेर मृत्यु हुने व्यक्ति गणेश यादव हुन्।

घटनापछि सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। यसअघि स्थानीय प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिसकेको थियो।

प्रशासनले सर्वसाधारणलाई कर्फ्युको पूर्ण पालना गर्न र अफवाहमा नलागी आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ। सुरक्षा निकायले घटनाको थप विवरण संकलन तथा अवस्थालाई नियन्त्रणमा ल्याउने प्रयास जारी राखेको जनाएको छ।

२०८३ साउन १४ गते बिहीवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु