"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आफ्नै परिवारलाई स्वकीय राख्न एमाले सांसदलाई रोक, शैक्षिक योग्यता पनि अनिवार्य

काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेको बैठकले पारित गरेको स्वकीय सुविधासम्बन्धी मापदण्ड तथा कार्यविधि अनुसार अब सांसदले परिवारबाहेकका योग्य व्यक्तिलाई मात्र स्वकीयका रूपमा नियुक्त गर्न सक्नेछन्।

यसअघि केही सांसदहरूले श्रीमान्रश्रीमती, छोरा–छोरी वा अन्य परिवारका सदस्यलाई स्वकीय नियुक्त गरेको भन्दै आलोचना हुँदै आएको थियो। नयाँ कार्यविधिले त्यस्तो अभ्यासलाई अन्त्य गर्ने लक्ष्य लिएको एमालेको भनाइ छ।

कार्यविधिअनुसार अधिकृत तहको स्वकीय सचिव बन्न कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने उपसचिव तहका स्वकीयका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको शैक्षिक योग्यता अनिवार्य गरिएको छ।

त्यस्तै सूचना प्रविधिमा दक्षता भएका, कानुनी मस्यौदा तयार गर्न सक्ने, नीति तथा कार्यक्रमको अध्ययन–विश्लेषण गरी सार प्रस्तुत गर्न सक्ने व्यक्तिलाई नियुक्तिमा प्राथमिकता दिने व्यवस्था गरिएको छ।

एमालेले नैतिक पतन देखिने फौजदारी वा अन्य दण्डनीय कसुरमा अदालतबाट सजाय पाएका व्यक्तिलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाइने स्पष्ट व्यवस्था पनि गरेको छ।

कार्यविधिअनुसार स्वकीय सचिवको कार्यक्षेत्र सङ्घीय राजधानी काठमाडौंसँगै सम्बन्धित सांसदको निर्वाचन क्षेत्रसमेत रहनेछ।

निजी क्षेत्र अहिले असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै उनले व्यवसायीहरूले प्रहरी देख्दा सुरक्षा होइन, छापा र धरपकडको त्रास महसुस गर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए।

२०८३ साउन २२ गते शुक्रवार १७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु