"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रसुवाको बाढीमा मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ। बाढीपछि बगाएर ल्याएका शव नुवाकोट र धादिङका विभिन्न स्थानमा फेला परेका हुन्।

बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोटको नदी किनारबाट ३ जना र धादिङबाट ४ जनाको शव फेला परेको छ। उनले अहिलेसम्म ७ वटा शव फेला परेको जानकारी दिए।

बाढीका कारण प्रभावित क्षेत्रमा अहिले घाइतेहरूको उद्धार तथा फेला परेका शव संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढीपछि विभिन्न स्थानबाट मानिसहरू बेपत्ता भएको सूचना पनि आइरहेको छ। बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।

२०८३ भदौ १० गते बुधवार १३:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु