"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि परिचालन गरिएको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ मौज्दात रहेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार कोषमा हाल कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ रहेको छ। त्यसमध्ये नौ वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ तथा दुई वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बाढीपछि सरकारले राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न आह्वान गरेपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम कोषमा जम्मा हुँदै आएको हो।

२०८३ भदौ २४ गते बुधवार १२:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु