"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ग्यास अभावको बढी मारमा विद्यार्थी र मजदुर, होटलको भर पर्न बाध्य

काठमाडौँ। खाना पकाउने ग्यासको अभाव बढ्दै जाँदा विद्यार्थी र दैनिक ज्यालादारी गर्ने मजदुर बढी प्रभावित भएका छन्। एउटा मात्रै सिलिन्डर हुने भएकाले ग्यास सकिएपछि तत्काल अर्को पाउन नसक्दा उनीहरू होटलको भर पर्न बाध्य छन्।

अनामनगरमा बस्दै आएका शङ्करदेव क्याम्पसका विद्यार्थी कमल शाहीले एक महिनादेखि घरमा खाना पकाउन नपाएको बताउनुभयो। ग्यास सकिएपछि बिहान होटल र बेलुका तयारी खाना खाँदै आएका उहाँ होटलमै ग्यास अभाव भएपछि थप समस्यामा पर्नुभएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पछिल्लो समय ग्यास नपाएको गुनासो बढेको छ। गुनासो गर्नेमा विद्यार्थी, मजदुर, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगी धेरै रहेको विभागले जनाएको छ।

आपूर्ति शृङ्खलामै समस्या देखिएपछि मागअनुसार ग्यास उपलब्ध गराउन कठिन भएको अधिकारीहरू बताउँछन्। भोटेकोशीको बाढीपछि प्रमुख राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ आउने ग्यासको आपूर्ति प्रभावित बनेकाले समस्या झन् जटिल भएको नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ।

२०८३ भदौ २५ गते बिहीवार १०:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु