"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

चिनीमा कालोबजारीको गुनासोपछि बजार अनुगमन बढाइयो

काठमाडौँ। उपत्यकाको बजारमा चिनीको अभाव र महँगोमा बिक्री भइरहेको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन तीव्र बनाएको छ ।

विभागका अनुसार अनुगमनका क्रममा अधिकांश पसलमा चिनी राख्न छोडेको र केहीले प्रतिकेजी १४० रुपियाँसम्ममा बिक्री गरेको पाइएको छ । खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा लिएको वा खरिद बिलबीजक देखाउन नसकेको अवस्थामा कारबाही गरिएको विभागका निर्देशक अनिल किराँतीले बताउनुभयो ।

उपभोक्ता हितविपरीत चिनी तथा अन्य खाद्यान्न बिक्री गर्ने पाँच वटा फर्मलाई जरिबाना गरिएको विभागले जनाएको छ । आपूर्ति सहज बनाउन साल्ट ट्रेडिङ कर्पोरेसनसँग समन्वय गरी मौज्दात र वितरण प्रणाली चुस्त बनाउने पहल भइरहेको छ ।

२०८३ भदौ ३१ गते बुधवार ०९:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु