राजमार्ग अवरुद्ध हुँदा काठमाडौँमै रोकिए सार्वजनिक सवारी
काठमाडौँ, असोज ९ गते । अविरल वर्षाका कारण पृथ्वी र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो गएपछि देशका विभिन्न भागबाट काठमाडौँ आएका सार्वजनिक सवारीसाधन राजधानीमै रोकिएका छन् ।
नयाँबसपार्कमा बिहीबार साँझदेखि ठूलो सङ्ख्यामा बस रोकिएको लोत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ । काठमाडौँ–हेटौँडा फर्पिङ सडक भने सञ्चालनमा रहेकाले साना सवारीसाधन चलिरहेका छन् ।
उपत्यकामा नदीको बहाव बढ्न थालेपछि ट्राफिक प्रहरीले नदी करिडोरमा सवारी नरोकी पार्किङ नगर्न आग्रह गरेको छ । भारी वर्षाका कारण राजमार्गमा पहिरो जानसक्ने भएकाले सावधानी अपनाउन यातायात व्यवसायी महासङ्घले पनि आग्रह गरेको छ ।
२०८३ असोज ९ गते शुक्रवार १०:५८ बजे प्रकाशित























