"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

इभी दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुल्यो, १० जनाको मृत्यु

हेटौँडा – मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको इभी दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालक सर्लाहीको कविलासी नगरपालिका–८ का रविशङ्कर कुमार मण्डल रहेका छन् ।

दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालिकासहित १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

अन्य मृतकको पहिचान र दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

२०८३ कात्तिक २६ गते बिहीवार १६:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु