"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कांग्रेस महाधिवेशनमा ओली नजाने, कुन पार्टीबाट को सहभागी हुँदैछन् ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्। उनको सट्टा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने तय भएको छ।

पोखरेलका स्वकीय सचिव सरोज रेग्मीले पार्टीका तर्फबाट शुभकामना दिन महासचिव पोखरेल जाने जानकारी दिएका हुन्।

आज दिउँसो २ बजे सुरु हुने उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न दलका नेताले सम्बोधन गर्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए।

उनका अनुसार नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन समारोहमा आउने निश्चित भएको चालिसेले जानकारी दिए।

२०८३ असोज १८ गते आइतवार १३:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु