"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मनाङमा चाडपर्वमा खाद्यान्न अभाव नहुने

मनाङ, असोज १९ गते । बाढीपहिरोका कारण सडक यातायात प्रभावित भए पनि मनाङमा पर्याप्त खाद्यान्न मौज्दात रहेकाले चाडपर्वमा अभाव नहुने भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मनाङ शाखाका अनुसार डिपोमा अहिले छ प्रकारका चामल गरी ४२० क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात छ। चामलसँगै दाल, गेडागुडी, तेल, बिस्कुट, चाउचाउलगायत खाद्य तथा साबुन, सर्फलगायत गैरखाद्य वस्तु पनि उपलब्ध छन्।

सम्भावित विपद्लाई ध्यानमा राखेर गत आर्थिक वर्षको अन्तिम त्रैमासिकमा दुई हजार क्विन्टलभन्दा बढी सामग्री ढुवानी गरी मौज्दात राखिएको थियो। चामेसम्म साना सवारीसाधन चल्न थालेकाले मौज्दात घटेका चिनी, मुसुरो दाल र खाने तेल पोखराबाट ल्याउने तयारी भइरहेको शाखाले जनाएको छ।

शाखा प्रमुख रामाशंकर कुशवाहाका अनुसार विपद्का बेला पनि डिपोले सेवा बन्द गरेको छैन। अहिले डिपोबाट ६५ प्रकारका खाद्य र ३३ प्रकारका गैरखाद्य वस्तु बिक्री भइरहेको छ।

२०८३ असोज १९ गते सोमवार १०:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु