"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री बालेनको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाण्डौ – भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहको आगामी भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री शाह मङ्सिर ६ र ७ गते भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो सवा ३ बजे नयाँदिल्ली पुग्नुहुनेछ । त्यसपछि साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुहुनेछ ।

सोमबार बिहान राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत तथा भेटघाटपछि उहाँले राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

दिउँसो १२ बजेर २५ मिनेटमा दुई देशबीच सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ ।

सोही दिन दिउँसो सवा ३ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री शाह साँझ ४ बजेर ५० मिनेटमा स्वदेश फर्कने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

२०८३ मंसिर ४ गते शुक्रवार १५:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु