"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भारतमा २४ घण्टाभित्र ४ लाख १२ हजार संक्रमित, ३,९७९ को मृत्यु

भारतमा कोरोनाको दोस्रो लहर नियन्त्रण बाहिर हुँदै गइरहेको देखिएको छ । यहाँ बुधबार रेकर्ड ४ लाख १२ हजार ३७३ संक्रमित भेटिएका छन् । यो एक दिनमा भेटिएको संक्रमितको सबैभन्दा धेरै संख्या हो ।

नयाँ संक्रमितका साथै मृत्युदरमा पनि वृद्धि हुन थालेपछि मानिसहरु चिन्तामा पर्न थालेका छन् । बुधबार १४,२७४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । यीमध्ये ३,९७९ मृत्यु भारतमा मात्रै भएको छ ।

अर्थात् संसारभरी महामारीका कारण भएको हरेक चौथो मृत्यु भारतमा भइरहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा यहाँ ३ लाख ३० हजार ५२५ मानिसहरु कोरोनामुक्त भएका छन् ।
भारतमा कोरोना महामारीको आँकडाः

– पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ४ लाख १२ हजार

– पछिल्लो २४ घण्टामा भएको कूल मृत्युः ३,९७९

– पछिल्लो २४ घण्टामा निको भएकाः ३.३० लाख

– हालसम्म संक्रमित भएकाः २.१० करोड

– हालसम्म निको भएकाः १.७२ करोड

– हालसम्म कूल मृत्युः २.३० लाख

– हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३५.६२ लाख

२०७८ वैशाख २३ गते बिहीवार १३:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु