एसईईको नतिजा: ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार माथि, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना छन् ।
यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए । नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।
कसरी हेर्ने त नतिजा ?
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।
नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।
यसैगरी, www.see.gov.np
२०८० असार २१ गते बिहीवार २०:०८ बजे प्रकाशित
























