"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौँ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

यससँगै, निगमले अबदेखि पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ । यससँगै, आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

यससँगै, भारतीय सिमा बजारको तुलनामा नेपाली बजारमा पेट्रोलको मूल्य १३.२७ रुपैयाँ र डिजेलमा ९.९४ रुपैयाँ सस्तो हुन्छ । हवाई इन्धनमा २३।८१ रुपैयाँ र एलपीजीमा १३६.६० रुपैयाँ सस्तो हुन्छ ।

२०८० असार ३१ गते आइतवार २०:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु