भ्रष्टाचारको अन्त्य गर्ने तागत माओवादीसँग मात्रै छः गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गर्ने तागत माओवादीसँग मात्रै भएको बताएका छन् । श्रेष्ठले वीरगञ्जमा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले हिजो माओवादीको नेतृत्वमा सरकार बनाउँदा सकारात्मक काम भएको स्मरण गर्दै माओवादी नेतृत्वको सरकारले नै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता जनाए । माओवादीले नै अँध्यारो युगलाई उज्यालोमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने काम माओवादीले नेतृत्वकै सरकारले गरेको र अहिले देश समृद्धिको आधार सुशासन भएकाले भ्रष्टाचारविरोधी अभियान चलाएको बताए ।
राजनीतिक परिवर्तनको नेतृत्व गरेको माओवादीले नै आर्थिक क्रान्तिलाई अघि बढाउँदै समाजवादसम्म पुग्ने लक्ष्यका साथ अघि बढेको उनको भनाइ छ ।
२०८० भदौ १० गते आइतवार २०:०२ बजे प्रकाशित






















