"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुशासन कायम गर्न सरकारको पहल जारी छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनबिना मुलुकको सामाजिक आर्थिक रुपान्तरण र समृद्धि हासिल नहुने भन्दै सरकार सुशासन कायम गर्न लागिपरेको बताएका छन् ।
अध्यागमन विभागद्वारा आयोजित ‘ई–भिसा, कार्यालय स्वचालन र अनलाइन भुक्तानीको शुभारम्भ’ कार्यक्रममा उहाँले सरकार सुशासनसहितको सुधारका लागि प्रयासरत रहेको बताए ।
उनले अध्यागमन विभाग र यससँग सम्बन्धित सबै कार्यालयमा स्वचालित प्रणाली आवश्यक भएको बताउँदै उनले प्रविधि तथा सेवाग्राहीमैत्री अन्तर्राष्ट्रियस्तरको अध्यागमन सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । “जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउनु पनि सुशासनको अनिवार्य शर्त हो । त्यसैका आधारमा अहिले हामी काम अघि बढाइरहेका छौँ”, उनले भने, “अध्यागमनका सन्दर्भमा अहिले नै यो गुणात्मक फड्को हो । केही समयभित्र अन्तर्राष्ट्रियस्तरको अध्यागमन सञ्चालन गर्छौं ।”

२०८० माघ २६ गते शुक्रवार १७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु