पूर्वमुख्यसचिव अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो
काठमाण्डौ – नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि शुक्रबार सरकारी वकिल कार्यालय लगिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा उनलाई बिहीबार सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।
पक्राउपछि अनुसन्धानका लागि काठमाडौँ ल्याइएका अर्याललाई सरकारी वकिल कार्यालयको प्रक्रिया पूरा गरी म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।
२०८३ मंसिर ११ गते शुक्रवार १३:२७ बजे प्रकाशित























