"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकारले ल्याएको अध्यादेश पारित हुन्छ : सञ्चारमन्त्री

दोलखा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने दाबी गर्नु भएको छ ।

सदरमुकाम चरीकोटमा शनिबार नेकपा ९एमाले० जिल्ला कमिटी दोलखाले आयोजना गरेको नेता तथा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको बहुमतले अनुमोदन गर्न सक्ने भए तापनि सबैको सहमतिमै अध्यादेशहरू पारित हुने दाबी गरे।

सरकारका प्रवक्ता समेत रहनुभएको मन्त्री गुरुङले भने, ‘‘वर्तमान सरकारले ल्याएका अध्यादेशहरू लोककल्याणकारी भएकाले पारित हुन्छन् । दशकौँका पुराना कानुनहरूले अहिलेको परिस्थिति अनुसार काम गर्न जटिल भएकाले पनि नयाँ कानुनका लागि अध्यादेश ल्याइएको हो । सूचना प्रविधि, शिक्षा, सुशासन तथा सहकारीका क्षेत्रमा सुधार गर्नु अहिलेको जल्दोबल्दो आवश्यक देखिएको छ । यो अध्यादेशले यी समस्याहरूलाई हटाएर जनभावनानुसार काम गर्न सकिन्छ र देशमा समृद्धि आउँछ ।’’

अध्यादेशको उद्योग व्यावसायीले समेत उत्साही देखाएका छन् । अनलाइन तथा सहकारी समेतमा देखिएको समस्यालाई नियमन गर्न अध्यादेश आएका छन् । सुशासनको प्रत्याभूति जनताले पाउनुपर्छ । अर्थतन्त्र दरो नभए देशमा समृद्धि आउन नसक्ने भएकाले पनि समय सापेक्षका लागि अध्यादेश अपरिहार्य रहेको उनको भनाइ छ ।

एमाले र नेपाली कांग्रेस गठबन्धनको विषयमा स्पष्ट पार्दै उनले भने, ‘‘देशमा लोकतन्त्र गणतन्त्र आएता पनि जनताको पक्षमा खासै काम हुन नसकेकाले गठबन्धन गर्नु परेको हो । अन्य दलहरूको सहयोग रहेता पनि राजा हटाउने, नयाँ संविधान जारी गर्नेलगायतका कामहरू नेपाली कांग्रेस र एमालेकै अगुवाइमा भएका हुन् । राजनीति स्थिरता आउन नसक्दा अवसरवाद मौलाएर पत्रकारितामा पनि असर पर्न गयो । यसो हुँदा सबैतर्फ भताभुङ्ग हुन पुगेको मात्र होइन लोकतन्त्रमाथि नै खतरा देखा पर्‍यो ।’’ अहिले सरकारले ११ वटा कानुन बनाउनुपर्ने उनले बताए ।

२०८१ फागुन ३ गते शनिवार १७:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु