"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विश्व बजारका लागि दक्ष तालिम प्राप्त जनशक्ति अपरिहार्य छ: श्रम मन्त्री

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बिश्व श्रम बजारकालागि दक्ष तालिम प्राप्त जनशक्ति अपरिहार्य भएको बताएका छन ।

मन्त्री भन्डारीले एसोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेशन एण्ड सस्टेनेबल पार्टनरसिप(एओटीएस) जापानको नेपाल एलुम्नाइ सोसाइटीको आयोजनामा आज शुक्रबार ललितपुरमा आयोजित दक्षिण एशियाली एसोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेशन एण्ड सस्टेनेबल पार्टनरसिप महासंघको १४ ओैँ अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

उनले विश्व बजारमा दक्ष जनशक्तिको खांचो रहेको जिकिर गर्दै त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका तालिम केन्द्रहरु सन्चालन गर्नु पर्नेमा जोड दिए ।

उनले अगामी  वर्ष दक्षशक्ति निर्माणका लागि नेपाल सरकारले विशेष पहल गरिरहेको बताउँदै त्यसको लागि वैदेशिक रोजगारबाट सिकेको अनुभवहरु महत्त्वपूर्ण हुने बताए ।

उनले भने, ‘तपाइँहरु जापान गएर सिक्नु भएको सीप  र अनुभव नेपाली कामदारका लागि सिकाइ कोशेढुङा सावित हुनेछ ।  हामी तपाइँहरुसँग सहकार्य गरेर दक्ष जनशक्ति बनाउन हातेमालो गर्न तयार छौं ।’

उनले वैदेशिक रोजगारबाट सिप र थोरै पुंजी लिएर फर्केकाहरु मुलुकको सम्पती  भएको बताए ।

२०८१ चैत २२ गते शुक्रवार १७:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु