भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको छः मोदी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ ।
सम्मेलनका क्रममा बैंककमा शुक्रबार ओलीसँग भेटवार्ता गरेका मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी गराउदै भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको बताए ।
नेपाली भाषामै मोदीले लेखेका छन्, ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गर्यौँ ।’
उनले भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको पनि उल्लेख गरेका छन् ।
२०८१ चैत २२ गते शुक्रवार १७:४२ बजे प्रकाशित























