"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ओली जहाँ-जहाँ पुग्छन्, त्यहाँ भ्रष्टाचार: प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको टिप्पणी गरेका छन्।

सोमबार संसदमा बोल्दै प्रचण्डले भने ‘प्रधानमन्त्री ओली जहाँ-जहाँ पुग्छन्, त्यहीँ त्यहीँ केही न केही बेथितिगत खबर आउने बताए। ‘अहिले स्पेनबाट पनि त्यही आएको छ। म योभन्दा बढी त भन्न चाहन्छ। गतसाल अमेरिका जाँदा के भएको थियो, सम्झिनुभएकै होला। मेरो आरोप होइन तर, तपाईंले टेकेको ठाउँबाट विवाद आउने गरेकोबारे ध्यान दिनुभएकै होला। सरकारका मन्त्रीहरूमाथि एकपछि अर्को भ्रष्टाचारका आरोप लागिरहँदा पनि सरकार सरकार सुशासनकै पक्षमा छ जस्तो लाग्छ ?,’ उनले सोधेका छन्।

२०८२ असार ३० गते सोमवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु