कसैले बोलाउँदैमा म लुरुलुरु बयान दिन जाने भन्ने हुँदैन: ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बनाएको छानबिन समितिमा बयानका दिन नजाने बताएका छन् ।
आइतबार सम्पादकहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले आफू गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा बयानका लागि नजाने बताएका हुन् । ‘कसैले बोलाउँदैमा म लुरुलुरु बयान दिन जाने भन्ने हुँदैन । यो हुन सक्दैन ।’उनले भने ।
ओलीले आफू लोकतन्त्रका लागि विश्वास राख्ने व्यक्ति भएको बताए ।
२०८२ कात्तिक २ गते आइतवार १७:३० बजे प्रकाशित























