"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो।

बैठकअघि पार्टी कार्यालयमा लामिछानेलाई बाजागाजासहित स्वागत गरिएको थियो। स्वागतपछि उनले कार्यालयमा उपस्थित शुभेच्छुकहरूलाई सम्बोधन गरेका थिए।

त्यसपछि पार्टीका कार्यबाहक सभापति डिपी अर्यालले उनलाई कार्यकक्षमा स्वागत गरेका हुन्।

हाल रास्वपाको केन्द्रीय समिति बैठक जारी रहेको छ।

२०८२ पुस ६ गते आइतवार १७:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु