"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मेरो अन्तिम इच्छा के हो २१ गते मतपत्रमा देखाइदिनुहोला: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूले धेरै बोल्नु परेको कारण आफ्नो परिचयकै कारण भएको बताएका छन्। शुक्रबार चितवनमा आयोजित चुनावी सभामा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

लामिछानेले भने, “मलाई धेरै नबोल, तिखो नबोल पनि भन्छन्। चर्को नबोल भन्छन्, मलाई गालीगलौज नगर पनि भन्छन्। म परे रवि लामिछाने, अलिअलि नघोची हुँदैन।”

उनले आफूलाई टुच्च–टुच्च कुरा मात्र भए चुप बस्ने तर आवश्यक परेको बेला प्रतिक्रिया दिनुपर्ने बताए। “ठाउँठाउँबाट घोचिरहन्छन्, अनि दिइरहनुपर्छ,” लामिछानेले भने।

उनले आफूमाथि प्रमाण देखाइएको ६५८ दिनको विषयसम्बन्धी कुरा उठाउँदै, आफ्नो अन्तिम इच्छा मतदाताले २१ गते मतपत्रमा देखाउने बताए। “चाहिएन प्रमाण भइगो। मलाई अन्तिम इच्छा सोधिएको पनि थियो। मेरो अन्तिम इच्छा सोध्दै बुट बजारेर सोधिएको पनि तपाईंहरूलाई थाहा होला। मैले त्यसको जवाफ दिएको थिएन। आज म चितवनबाट भन्न चाहन्छु– मेरो अन्तिम इच्छा के हो २१ गते मतपत्रमा देखाइदिनुहोला,” उनले जनाए।

२०८२ फागुन १५ गते शुक्रवार १७:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु