"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्छ: बालेन शाह

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता  बालेन्द्र शाह (बालेन) ले मुलुकले नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै व्यवस्थित रूपमा चल्नुपर्ने बताएका छन्।

चितवनमा शुक्रबार आयोजित परिवर्तन उद्घोष सभामा उनले भने, “नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्न पर्‍यो।” चुनावी प्रचार–प्रसारका क्रममा देशभर घुम्दा देखेका समस्याहरू सबै उस्तै रहेकाले अब बन्ने सरकारले ती समस्याको समाधान गर्ने अपेक्षा व्यक्त गरे।

शाहले मुलुकलाई हेटौँडा सिमेन्ट कारखानाजस्तै उदाहरण दिए। “हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै छ। सबै सामग्री छन्, तर चल्दैन। हामीलाई चलाउने जिम्मा दिनुस्, हामी चलाउँछौँ,” उनले भने।

२०८२ फागुन १५ गते शुक्रवार १७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु