"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

चैत २७ गते राष्ट्रपतिले संसद्‌को दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत २७ गते सङ्घीय संसद्‌को दुवै सदनको संयुक्त बैठक आह्वान गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले सो बैठक आह्वान गरेको हो ।

राष्ट्रपतिको कार्यालयका सचिव माहादेव पन्थद्वारा जारी पत्र अनुसार चैत २७ गते शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद्‌को दुवै सदनको संयुक्त बैठक बस्ने छ । सो बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सङ्घीय संसद्‌मा सचिवालयलाई सम्बोधन गरी पठाइएको पत्रमा उक्त बैठकका लागि सदस्यको उपस्थितिका लागि आह्वान गरिएको छ । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्‌को कुनै सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था रहेको छ ।

२०८२ चैत २५ गते बुधवार २१:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु