"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानका क्रममा घरटहरा मात्र नभई धार्मिक संरचनासमेत भत्काइएको छ।

स्थानीयका अनुसार बस्ती हटाउने क्रममा त्यही क्षेत्रमा रहेको ऊँ श्री पाथीभरादेवी मन्दिरपनि डोजर लगाएर भत्काइएको हो। मन्दिर नढाल्न स्थानीयले सुरक्षाकर्मीहरूसँग अनुरोध गरे पनि त्यसलाई बेवास्ता गर्दै संरचना हटाइएको स्थानीय बासिन्दा बिजुला बिकले बताइन्।

त्यसअघि आजै बिहान बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि डोजर प्रयोग गरी भत्काइएको थियो।

प्रशासनले बागमती खोला किनारमा भएको अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको बताए पनि धार्मिक संरचना समेत भत्काइएपछि स्थानीयवासी आक्रोशित भएका छन्।

२०८३ वैशाख १८ गते शुक्रवार १७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु