"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश राष्ट्रपति पौडेलसमक्ष सिफारिस

काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश जारी गर्न सिफारिस गरेको हो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल का अनुसार अध्यादेशहरू राष्ट्रपति कार्यालय शीतलनिवासमा पुगिसकेका छन् र हाल अध्ययनको चरणमा छन्।

यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सोही आधारमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए। तर, सरकारले वैशाख १० गते पुन: अधिवेशन स्थगित गर्न सिफारिस गरेपछि राष्ट्रपतिले सोही अनुसार अधिवेशन स्थगन गरेका थिए।

सरकारले अब संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत नियुक्ति प्रक्रियालाई अघि बढाउने तयारी गरेको देखिन्छ। संवैधानिक परिषद् प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेतासहित ६ सदस्यीय हुने व्यवस्था छ।

हालै नेपाली कांग्रेसले प्रतिनिधिसभामा दलको नेता चयन गरेसँगै परिषद्ले पूर्णता पाएको बताइएको छ।

२०८३ वैशाख १५ गते मंगलवार १७:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु