बालेनले राजा ल्याउँछ भनेर रास्वपालाई भोट दिएका छन्: राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी मतदाताको समेत समर्थन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको बताएका छन्।
रास्वपाको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राजा चाहने मतदाताले पनि बालेन्द्र शाह प्रति आशा राखेर रास्वपालाई मत दिएको दाबी गरे।
उनले जनताको उक्त अपेक्षालाई सम्बोधन गर्ने जिम्मेवारी रास्वपामाथि रहेको उल्लेख गर्दै पार्टीसँग ऐतिहासिक अवसर रहेको बताए।
लिङ्देनले देशका समस्या केवल नेतामा मात्र सीमित नरहेको भन्दै संविधान र संवैधानिक व्यवस्थामा समेत सुधार आवश्यक रहेको धारणा व्यक्त गरे। उनका अनुसार संविधानमा आवश्यक सुधार नगरी देशलाई अगाडि बढाउन कठिन हुने छ।
२०८३ असार ७ गते आइतवार १८:३८ बजे प्रकाशित























