"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ।

महाधिवेशन प्रतिनिधिको नामावलीमा थपघट गरिएको विषय र मधेश प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र निर्धारित समयमा सुरु हुन नसकेको पार्टी स्रोतले जनाएको छ।

स्रोतका अनुसार अहिले देखिएका विवाद समाधान गर्न र सम्बन्धित विषयमा सहमति जुटाउनका लागि आजको बन्द सत्र स्थगित गरिएको हो। विवादका विषय टुंग्याएपछि मात्रै बन्द सत्र सञ्चालन गर्ने तयारी गरिएको बताइएको छ।

बन्द सत्रमा सहभागी हुन देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि कार्यक्रमस्थलमा पुगेका थिए। तर दिनभर प्रतीक्षा गर्दा पनि सत्र सञ्चालन हुन नसकेपछि अन्तिम समयमा स्थगनको निर्णय सुनाइएको थियो।

रास्वपाले विवादित विषयमा आन्तरिक छलफल जारी रहेको जनाएको छ। बन्द सत्र पुन: कहिले सञ्चालन हुने भन्नेबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

२०८३ असार ८ गते सोमवार १८:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु