"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ: प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको मागअनुसार आइतबारको बैठकमा उपस्थित भई सांसदहरुको सवालको जवाफ दिएको हो । लिम्पियाधुरा लगायतको भूभागबारेमा सरकारले कुटनीतिक नोट पठाइसकिएको र त्यहीअनुरुप त्यो समस्या समाधान गरिने उनले प्रष्ट पारे।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदै प्रधानमन्त्री शाहले सो कुरा बताएको हो । उनले बेलायत र भारत दुवै पक्षसँग कुटनीतिक तरिकाबाट सुल्झाउने उनले बताए । नेकपा ९एमाले० का संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले उठाएको विषयमा उहाँले सो जवाफ दिएको हो ।

कम विकाशसील देशबाट विकासशील देशमा उकास्न र देशको आर्थिक अवस्था बढाउनतिर सरकारको ध्यान गएको उनले बताए । विपन्नहरु महँगो कलेजमा पढ्न नसक्ने हुनाले त्यस्ता विद्यार्थीका लागि यसअघि काठमाडौं महानगरपालिकाले समेत त्यो काम गरेको स्मरण गर्दै उनले सरकारले देशभरी त्यो व्यवस्था लागू गर्न खोजेको बताए।

संविधानमा नि:शुल्क शिक्षाको व्यवस्था भए पनि सरकारको बजेटले नभ्याउने भन्दै उहाँले विपन्न परिवारका विद्यार्थीलाई सरकारले सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गरे।

सुकुम्बासीको विषयमा सांसदहरुले उठाएको जिज्ञासामा प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या स्थायी रुपमा समाधान गर्न होल्डिङ सेन्टरमा सारिएको बताए । नदी किनारमा फोहोर ठाउँमा बसेर सुकुम्बासी परिवारहरु जोखिममा रहेको र विभिन्न रोगबाट ग्रस्त रहेकाले ज्यानबाट जोगाउन उनीहरुलाई खोला किनारबाट सारेको बताए।

‘३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौं, अलि समय त लाग्छ तर समाधान हुन्छु उनले भने। नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ, भारतले मात्र नेपालको जग्गा मिचेको होइन, उनले भने, “भूमि समस्या समाधानका लागि सरकार कुटनीतिक माध्यमबाट समाधान गर्नेछ ।”

सहकारी पीडितहरुको पैसा तिर्ने व्यवस्था हुने बताउँदै उनले त्यसबारेमा प्रक्रिया सुरु भइसकेको बताए। आयोगका विभिन्न प्रतिवेदनलाई अध्ययन गरी सम्बोधनका लागि सरकारले पहल लिइरहेको उनले बताए। बाँदर व्यवस्थापनको विषय कठिन विषय भएको भए पनि व्यवस्थापनका लागि आवश्यक पहल लिने उनले बताए ।

२०८३ जेठ १७ गते आइतवार १७:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु