"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सरकार पूर्वाग्रहको पोको हो, सम्पत्ति छानबिन आयोग मान्दिन र बयान पनि दिन्न: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई “पूर्वाग्रहको पोको” भन्दै कडा आलोचना गरेका छन्। उनले सरकारले आफूहरू र पुराना राजनीतिक दलका नेताहरूलाई मात्र निशाना बनाएको आरोप लगाए।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले नयाँ र सेनाको सम्पत्तिको छानबिन नगर्ने तर केही निश्चित व्यक्ति र दलका नेतालाई मात्र फसाउन खोजेको दाबी गरे।

उनले सम्पत्ति छानबिन आयोग गठन गरेर राज्यले “छानीछानी फसाउने” प्रयास गरिरहेको आरोप पनि लगाए। यस्तो आयोगलाई आफूले स्वीकार नगर्ने र कुनै बयान नदिने उनको भनाइ थियो।

ओलीले भने, “अरुले बयान दिए पनि मचाहिँ बयान दिन्नँ। सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जेजे गर्न सक्छ गरोस्। यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो।”

उनले सरकारलाई प्रतिशोध होइन, संवैधानिक र विधिसम्मत प्रक्रियामा अघि बढ्न सुझाव पनि दिएका छन्। साथै, राज्यले यस्ता गतिविधिमा नलाग्न चेतावनीसमेत दिएका छन्।

२०८३ जेठ २० गते बुधवार १७:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु