"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ: रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्ने बताएको छन् । भारतको राजधानी नयाँदिल्लीमा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक घण्टा लामो भेटवार्तापछि उनले सो कुरा बताएको हो ।

प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका विषयमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सभापति लामिछानेले भनेको छन्, ‘‘प्रधानमन्त्री मोदीज्यूसँगको एक घण्टा लामो संवाद अत्यन्तै खुसीको क्षण रह्यो । नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ भन्ने उनको दृष्टिकोणमा मेरो पूर्ण ऐक्यबद्धता छ ।’’

सभापति लामिछानेले दुई देशबीचको साझा सभ्यतामा केन्द्रित भएर आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने उल्लेख गरेको छन् । भारत सरकारसँग मिलेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उत्सुक रहेको लामिछाने बताएको छन्। उनले थप भनेको छन्, ‘नेपाल र भारतका जनताको साझा समृद्धिका लागि यी सम्भावनाहरूलाई यथार्थमा परिणत गर्न रास्वपा उत्सुक छ।’

२०८३ जेठ २० गते बुधवार १७:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु