"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७स्३० बजेबाट मतदान सुरु हुने भएको छ।

पार्टीका प्रवक्ता मनिष झाले मतदान साँझ साढे ७ बजेदेखि सुरु हुने जानकारी दिएका हुन्। रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि सुरु भई असार ९ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका तय गरिएको थियो। तर विभिन्न कारणले महाधिवेशनको समय लम्बिएको छ।

आज बिहान ९ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिए पनि आवश्यक प्रक्रिया पूरा हुन नसक्दा निर्धारित समयमा मतदान हुन सकेको थिएन। यसबीच केहीबेरअघि केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।

प्रवक्ता झाका अनुसार उम्मेदवारहरूको नामावलीमाथि दाबी–विरोध दर्ता गर्ने समय साँझ ५ बजेसम्म तोकिएको छ। त्यसपछि साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।

पार्टीले दोस्रो चरणको मतदान आवश्यक परेमा भोलि बिहान ९ बजेबाट सञ्चालन गर्न सकिने अनुमान गरेको जनाएको छ।

२०८३ असार १० गते बुधवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु