"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित नुवाकोटको स्थलगत अवलोकन

नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गर्नुभएको छ। उहाँले बाढी प्रभावित तथा पीडित नागरिकसँग भेट गरी उनीहरूका समस्या र गुनासोसमेत सुन्नुभएको छ।

अवलोकनका क्रममा जिल्ला सुरक्षा समितिले राष्ट्रपति पौडेललाई बाढीबाट नुवाकोटमा भएको धनजनको क्षति तथा खोज, उद्धार, राहत र पुनर्स्थापनाका विषयमा जानकारी गराएको थियो। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका सुरक्षा समितिका सदस्यले बाढीपछि भइरहेका कामबारे जानकारी दिनुभएको थियो।

राष्ट्रपति पौडेलले नुवाकोटमा सञ्चालन गरिएको बाढी प्रभावितका लागि होल्डिङ सेन्टरको समेत निरीक्षण गर्नुभयो। त्यहाँ रहेका पीडितले बाढीबाट भएको क्षति तथा आफूहरूले भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए।

सो क्रममा राष्ट्रपति पौडेलले प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउन सरकार, सहयोगदाता तथा सम्बन्धित सबै पक्षले सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो।

राष्ट्रपति पौडेलले नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको क्याम्प तथा रसुवाका बाढी प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गर्नुभएको छ।

२०८३ भदौ २२ गते सोमवार १४:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु