"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपत्यकामा ग्यासको चरम अभाव, घण्टौँ लाइनमा उपभोक्ता

काठमाडौँ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन् चर्किएको छ। भोटेकोशी बाढीपछि सडक अवरुद्ध हुँदा ग्यासको आपूर्ति सहज हुन नसकेपछि उपभोक्ताहरू घण्टौँसम्म लाइन बस्न बाध्य भएका छन्।

ग्यास वितरणलाई व्यवस्थित गर्न कतिपय डिपोले कुपन प्रणाली लागू गरेका छन्। कोटेश्वरका एक व्यवसायीका अनुसार दैनिक माग उच्च भए पनि करिब १५० सिलिन्डर मात्रै वितरण गर्न सकिएको छ। अपाङ्गता भएका व्यक्तिका लागि थप १० सिलिन्डर छुट्याइएको छ।

ग्यास लिन बिहानैदेखि लाइनमा बसेका उपभोक्ताले कुपन लिएपछि पनि समयमै सिलिन्डर नपाएको गुनासो गरेका छन्। सडक अवरोध र ढुवानीमा देखिएको समस्याका कारण बाढीअघि देखिएको ग्यास अभाव अहिले थप गम्भीर बनेको उनीहरूको भनाइ छ।

आपूर्ति सहज बनाउने दाबी भइरहे पनि स्थानीय डिपोमा पर्याप्त सिलिन्डर नआउँदा सर्वसाधारणले दैनिक काम छाडेर ग्यास खोज्नुपर्ने अवस्था सिर्जना भएको छ।

ग्यास नपाएपछि अहिले बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वारलगायत उपत्यकाका विभिन्न डिपोहरूमा बिहानैदेखि सिलिन्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ ।

उपभोक्ता अधिकारवादी सङ्घ–संस्थाले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहँदा र मनपरी मूल्य बढाउँदा समेत सरकारले प्रभावकारी अनुगमन र नियमन नगरेको आरोप लगाएका छन् ।

२०८३ भदौ २२ गते सोमवार १९:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु